एनआईसी एशिया लघुवित्तले १५ जना ऋणीको धितो लिलामीका लागि निकाल्यो सूचना
१९ चैत्र २०८०, सोमबार १३:२७
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १५ जना ऋणीको धितो लिलामीका लागि सूचना निकालेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयबाट कर्जा लिएका ऋणीहरुको धितो लिलामीको सूचना निकालेको हो ।
संस्थाबाट कर्जा लिई चुक्ता नगरेपछि कम्पनीले धितो लिलामीको १५ दिने सूचना निकाल्दै बोलपत्र आह्वान गरेको छ । धितोमा रहेको उल्लेखित सम्पत्तिहरु गोप्य शिलबन्दी बोलपत्रद्वारा खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघसंस्थाले कम्पनीले तोकेको शर्तहरुको अधिनमा रही कर्जा असुली विभाग बनेपामा आवेदन दिनुपर्नेछ।