स्वास्थ्य सामग्री खरिदमा २ करोड ८९ लाख रुपैयाँ घोटाला, विशाल पण्डितसहित ७ जना विरुद्ध मुद्दा दायर
१८ चैत्र २०८०, आईतवार १६:५०
काठमाडौँ। स्वास्थ्य सामग्री खरिदमा २ करोड ८९ लाख रुपैयाँ भ्रष्टाचार भएको हस्पिटेक इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पण्डितका अलावा स्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशक चन्द्रदेव मेहतालगायतलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । कोशी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई खरिदको जिम्मा दिइएको थियो ।
बसेरा होटलका मालिकसमेत रहेका पण्डित कोभिडको बेलामा पनि मेडिकल सामग्री खरिदका क्रममा विवादमा आएका व्यक्ति हुन् ।
aZix7O