सर्वोत्तम सिमेन्टको अर्बौ रुपैयाँ आयकर र ७३ करोड विद्युत बक्यौता बल्झिदै, शेयर मूल्यमा दैनिक सर्किट कहिलेसम्म ?

काठमाडौं । कही नभएको जात्रा हाँडीगाउँमा झने झै नेपालको शेयर बजार र अर्थतन्त्रमा कही नभएको जात्रा दैनिक मञ्चन हुने गरेको छ । यस्तैमा एक हो सर्वोत्तम सिमेन्ट । उक्त सिमेन्टले बुक बिल्डिङमा आईपिओ जारी गर्नै नपाउनेमा नेपाल धितोपत्र बोर्डका भ्रष्ट नेतृत्वले अनैतिक र गैर कानुनी तरिकाले बुक बिल्डिङ आईपिओको अनुमति दिएको थियो । अनैतिक, भ्रष्टाचार र जनता ठगीबाहेक राम्रो काम फटाफट नहुने देशमा सर्वोत्तम सिमेन्टको काम यति छरितो भयो कि धितोपत्र बोर्डले सरोकारवालाको लिखित निवेदन समेतलाई कुनै बाल मतलव दिएन । अहिले सोही सर्वोत्तम सिमेन्टको मूल्य दैनिक पोजेटिभ सर्किट लागेर बढिरहेको छ । यसरी कहिलेसम्म बृद्धि भइरहन्छ यो अझै अन्योलकै बिषय बन्न पुगेको छ । तर, उता सर्वोत्तम सिमेन्ट भने दिनदिनै नयाँ नयाँ विवाद र अर्बौ रुपैयाँको दायित्वमा फस्दैछ । विगत आठ वर्षदेखि सरकारलाई आयकर समेत नतिरी मुनाफालाई पुँजिकरण गरिएको विषय महालेखाको कार्यालयले आफ्नो प्रतिवेदनमा समेट्ने तयारी गर्दैछ । त्यस्तै, भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सरकारी अनुदानको व्यापारिक लाभका लागि गणना गरिएको विषयमाथि गम्भिर अनुसन्धान गर्दैछ । चारैतिर अनुसन्धानको घेरामा परेको सर्वोत्तम सिमेन्टले नेपाल विद्युत प्राधिकरणलाई ७३ करोड ७२ लाख रुपैयाँ बक्यौता नतिरेका कारण कुनै पनि बेला लाइन काटिन सक्ने अवस्थामा पुग्दैछ । भारतबाट महंगो मूल्यमा विद्युत आयात गर्नुपर्ने बाध्यताका बीचमा तरलता समस्या उत्पन्न हुने … Continue reading सर्वोत्तम सिमेन्टको अर्बौ रुपैयाँ आयकर र ७३ करोड विद्युत बक्यौता बल्झिदै, शेयर मूल्यमा दैनिक सर्किट कहिलेसम्म ?