अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा स्थगित
९ चैत्र २०८०, शुक्रबार १३:२१
काठमाडौँ। अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आयोजना गरेको १२औं वार्षिक साधारण सभा स्थगित भएको छ ।
चैत १६ गते युनियन हाउस अनामनगरमा आयोजना गरेको साधारण सभा विशेष कारणबश हुने नसक्ने भएकाले स्थगित गरिएको जानकारी दिएको हो ।
स्थगित वार्षिक साधारण सभा यसै आर्थिक वर्ष भित्र बस्ने गरी पुन बोलाउने कम्पनीले जनाएको छ ।