बुधबार सर्वोत्तम सिमेन्टको २ हजार २५६ कित्ता शेयर किनबेच, मूल्य कति ?
७ चैत्र २०८०, बुधबार १५:२२
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आज २ हजार २५६ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबारमा आएको दोस्रो दिन कम्पनीको १५ लाख १२ हजार ५७६ रुपैयाँको कारोबार भएको छ ।
बुधबार अन्तिमसम्ममा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट अर्थात प्रतिकित्ता ६१ रुपैयाँ १० पैसाले बढेर ६७२ रुपैयाँ ७० पैसा पुगेको छ । कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो । कारोबारमा आएको दुबै कारोबारको दिन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।