सुनको मूल्य एक लाख २६ हजारमा स्थिर
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । आइतबार तोलामा एक हजारले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ सोमबार र मंगलबार स्थिर रहेको हो ।
मंगलबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्यभने १० रुपैयाँले बढेर प्रतितोला एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।