आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने
२९ फाल्गुन २०८०, मंगलवार १०:३९
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन २८ गते सम्पन्न संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
साथै, कम्पनीको उक्त बैठकले गत वर्षको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरिसकेकाले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।
aarambh