मंगलबार प्रभु बैंकको मोबाईल बैंकिङ्ग सेवा अवरुद्ध रहने
२८ फाल्गुन २०८०, सोमबार ०९:४५
काठमाडौं । फागुन २९ गते मंगलबार प्रभु बैंक लिमिटेडको मोबाईल बैंकिङ्ग सेवा अवरुद्ध रहने भएको छ ।
बैंकका अनुसार सिस्टममा मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले मंगलबार विहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाईल बैंकिङ्ग सेवा अस्थायी रुपमा बन्द रहने भएको हो ।