भोलि सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन-कुन शाखा हुन्छन् खुला ?
२७ फाल्गुन २०८०, आईतवार १८:१३
काठमाडौँ । भोलि फागुन २८ गते देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले ग्याल्पो ल्होसारको अवसरमा बिदा दिएको हो ।
बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले बैंकिङ सेवा प्रदान गर्ने भएका हुन् ।
सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत बैंकहरुले भोलि बिदाका दिन समेत सेवा प्रदान गर्ने जनाएका हुन् ।
कुन बैंकको कुन शाखाबाट बैंकिङ्ग सेवा प्राप्त हुन्छ ?