राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने
२४ फाल्गुन २०८०, बिहीबार १२:१२
काठमाडौं । राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । ‘विकास ऋणपत्र २०८८ “झ” नाम दिइएको उक्त ऋणपत्रको अवधि ८ वर्षको हुनेछ ।
उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था बीमा कम्पनी तथा नेपाली नागरिकले फागुन २९ दिउँसो ३ बजेभित्र अनलाइनमार्फत बोलकबोल गनुपर्ने छ ।
ऋणपत्रको निष्काशन फागुन ३० गते हुनेछ ।
3.-Suchana-for-web-Upload