सामूहिक लगानीकोषको स्वामित्वमा रहेको सोनापुर मिनरल्स्को शेयरको लकइन कहिले सकिन्छ ?
२१ फाल्गुन २०८०, सोमबार १८:११
काठमाडौं । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको शेयरको लकइन चैत २३ गतेदेखि सकिने भएको छ ।
सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयरको लइकन बाँडफाँट भएको मितिबाट ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ । सोही बमोजिम कम्पनीको सामूहिक लगानीकोषको स्वामित्वमा रहेको ४ लाख २ हजार १९ कित्ता शेयर लकइनमा राखिएको थियो ।