नयाँ तीन मन्त्रीले लिए शपथ
२१ फाल्गुन २०८०, सोमबार १७:४१
काठमाडौँ । नयाँ तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति राम चन्द्र पौडलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियता शपथ गराएका हुन् ।
वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन समिकरण बनेको हो । ५ बजे शपथ लिने भनेपनि केहि समय ढिलो भएको हो । शपथ लिनेमा माओवादीबाट हितबहादुर तामाङ, रास्वपाबाट डीपी अर्याल, एमालेबाट पदम गिरी रहेका छन् । तीनै जनालाई मन्त्रालयको जिम्मा भने दिइएको छैन ।