सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
२१ फाल्गुन २०८०, सोमबार १०:४३
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा दुई हजार रुपैयाँले बढेको सुन आज स्थिर रहेको हो ।
सोमबार छापावाला सुनको मूल्य एक लाख २१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य समेत स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।