एकीकृत जनभावना बचत तथा ऋण सहकारीबाट १३ लाख रूपैयाँ राति
१७ फाल्गुन २०८०, बिहीबार १७:०५
काठमाडौँ। एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको १३ लाख रूपैयाँ मंगलबार (फागुन १५ गते) राति चोरी भएको छ । मोरङ लेटाङ नगरपालिका–२ फँडानीमा रहेको मुख्य कार्यालय र उक्त सहकारीको लेटाङ–२ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरि भएको हो ।
एकै रातमा उक्त सहकारीको मुख्य कार्यालय र शाखा कार्यालयबाट चोरी भएको प्रहरीले जनाएको छ । मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रूपैयाँ र शाखा कार्यालयबाट ३ लाख ९० हजार ५ सय ८५ रूपैयाँ चोरी भएको जनाएको छ ।
चोरीमा संलग्नले सीसी क्यामेराको डिभाइस नै लिएर गएको खुलेको छ ।