एक कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१७ फाल्गुन २०८०, बिहीबार १५:१४
काठमाडौँ । बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.६८ अकंले घटेर १८७२.०९ बिन्दुमा बन्द भएको छ ।
बिहिबार ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज बोटलर्स नेपाल (बालाजु)को सेयरमा सकारात्मक सर्किट लागेकोछ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ९६४ रुपैयाँले बढेको हो ।
त्यस्तै, मनकामना स्मार्टको ९.८६ प्रतिशत, मानुषि लघुवित्तको ३.९८ प्रतिशत र समाज लघुवित्तको ३.९० प्रतिशतले सेयर मूल्य बढेको हो ।