फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको साढे ८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
१७ फाल्गुन २०८०, बिहीबार १४:१०
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सूचीकृत भएको हो ।
कम्पनीको ७.५० प्रतिशत बापतको ८ लाख ६० हजार ८०९.४६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । अब सेयरधनीहरुको खातामा उक्त बोनस जम्मा भए पश्चात दोस्रो बजारका लागि योग्य हुनेछ ।