नेशनल लाइफ इन्स्योरेन्सद्वारा ५ लाख ३७ हजार रुपैयाँ दाबी भुक्तानी

१७ फाल्गुन २०८०, बिहीबार १०:४६

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरको छ । कम्पनीको महेन्द्रनगर शाखाले दावि भुक्तानी गरेको हो ।

कम्पनीबाट बीमा गराएका भिमदत्त नगरपालिका वडा नं १० निवासी विमित स्व. डम्बर बहादुर कार्कीको श्रीमती पार्वती बिष्ट कार्कीलाई ५ लाख ३७ हजार ३३३ रुपैयाँ दावि भुक्तानी गरेको हो ।

१ बर्ष अघि यस कम्पनीका सिनियर बिजनेस म्यानेजर पार्वती नेगि बाट बीमा गराउनु भएका स्व. कार्किको २०८० पुस ५ मा निधन भएकोमा फागुन १६ गते महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्ट सहित मार्केटिङ अफिसर कुष्ण सिह ठगुन्ना,चिफ बिजनेस म्यानेजर धन सिंह ठगुन्ना र सिनियर बिजनेस म्यानेजर पार्वती नेगीले बिमितको घरमै गएर चेक हस्तान्तरण गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*