श्रृजनशील र मानुषी लघुवित्तको मर्जर असफल, डिमर्जको प्रक्रिया सुरु
१७ फाल्गुन २०८०, बिहीबार १०:०४
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर असफल भएको छ । श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै मानुषी लघुवित्तले डिमर्जको प्रक्रिया अघि बढाएको हो ।
श्रृजनशील र मानुषी लघुवित्त एक आपसमा मर्जर गर्ने सहमति भई गत साल चैत्र २ गते समझदारी पत्र र गत पुस ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । कम्पनीहरुले अन्तिम स्वीकृतिका लागि गत माघ ७ गते नेप्सेमा पत्रसमेत पठाएका थिए ।
manushi demerge
Good job