दोर्दी खोलालाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न आयोगको स्वीकृति
१७ फाल्गुन २०८०, बिहीबार ०९:३२
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको छ ।
१२ मे.वा. क्षमताको दोर्दी १ जलविद्युत आयोजनाको प्रवद्र्धक यस कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्काशनका लागि गत माघ १९ गते आयोगमा पत्र पठाएको थियो । यसमा आयोगको फागुन १५ गते बसेको बैठकले स्वीकृति प्रदान गर्ने निर्णय गरको हो ।