कुमारी सबल योजनाको इकाई बाँडफाँड
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि फागुन १३ गतेसम्म निष्काशनमा ल्याएको कुमारी सबल योजनाको इकाई फागुन १६ गते बाँडफाँड गरिएको छ । यसमा रितपूर्वक आवेदन दिने सबैले माग गरेबमोेजिमको इकाई हात पारेका छन् ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्रीमा ल्याएको थियो। निष्काशन गरिएको कुल इकाईमध्ये १४ प्रतिशत अर्थात एक करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंक लिमिटेडलाई छुट्याइएको छ ।
त्यस्तै, निष्काशित कुल इकाईको एक प्रतिशतले हुन आउने १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई सुरक्षित गरी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
बाँडफाँड सम्बन्धी विवरण आवेदकहरुले सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेड वा कुमारी क्यापिटल लिमिटेडको वेवसाइटबाट हेर्न सक्नेछन् । यो एक बन्दमुखी योजना हो । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।