नेपालमा बीमा अभिकर्ताको भूमिका उल्लेखनीय छ, ९० प्रतिशत बीमा बिक्री अभिकर्तामार्फत हुन्छः पोषकराज पौडेल

१७ फाल्गुन २०८०, बिहीबार ०७:२८

काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पोषकराज पौडेलले बीमा अभिकर्ताहरुको भूमिका उल्लेखनीय रहेको उल्लेख गर्दै जीवन बीमाको व्यवसायमा बीमा अभिकर्ताको भूमिका ९० प्रतिशतभन्दा बढि रहेको स्पष्ट पारेका छन् ।
बागमती प्रोस्कुनले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’ मा ‘सहकारीमा सदस्य सुरक्षाः जोखिम स्थानतरणको लागि बीमा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सिटिजन लाइफका सिईओ पोषकराज पौडेलले हरेक पाईलामा जोखिम रहेकाले त्यसलाई बीमामार्फत ट्रान्सफर गर्न आग्रह गरे ।

जोखिमलाई ट्रान्सफर गर्न नसके विकास खर्चलाई समेत प्रभाव पार्ने भएकाले सबैले बीमा गर्न आवश्यक रहेको उनको भनाई छ । भुकम्पको समयमा बीमा कम्पनीले १६ अर्ब रकम भुक्तानी गरेको भन्दै उनले अब सरकारले पेन्सन र सामाजिक सुरक्षा भत्ता समेत नबाँडने कुरा आएकाले बीमाको विकल्प नभएको बताए ।

नेपालमा संस्थागत रुपमा ६ प्रतिशत र अभिकर्तामार्फत ९० प्रतिशत बीमा बिक्री हुने गरेको छ । सदस्यलाई गरिबीमा जान जोगाउने र समृद्धिको आधार तयार गर्ने माध्यम बीमा भएको पौडेलले बताए । भ्रष्टाचार निवारर्णका लागि पनि बीमा आवश्यक रहेको उनले बताए । बीमाले सम्पत्तिको क्षतिको रक्षावरण, सहकारी संस्थाको असिमित दायित्वको व्यवस्थापन र संस्थागत सुशासनमा सघाउन मद्दत गर्ने उनले जानकारी दिए ।

चन्द्रागिरि साकोसका सिईओ कृष्णकुमार श्रेष्ठले कार्यपत्र माथी टिप्पणी गर्दै बीमा हरेक क्षेत्रमा आवश्यक रहेको बताए । जोखिम न्युनिकरण र जोखिम स्थानान्तरणमा बीमाको महतव रहेको श्रेष्ठले बताए । सदस्यको सुरक्षाको लागि सहकारीले विभिन्न बीमा कार्यक्रम सञ्चालन गर्दै आएको र गर्भदेखि स्वर्गसम्मको सेवा दिन सहकारी लागि परेको उनले बताए ।

सदस्यहरुलाई कुनै पनि प्रलोभनमा नपारी सेवा दिनुपर्नेमा उनले जोड दिए । बीमा क्षेत्रमा कस्ता प्रडक्ट आवश्यक हुनुपर्छ भन्नेमा रिसर्ज गर्नुपर्ने र नयाँ नयाँ प्रडक्ट ल्याउन उनले सुझाए । सहकारी राहत कोषलाई बीमासँग जोड्न सक्दा धेरै सदस्यलाई यस्ता कार्यक्रममा जोड्न सकिने उनको बुझाई छ ।

दावी भुक्तानी झन्झटिलो भएको र यसले कतिपय समयमा समस्या बनाएको श्रेष्ठले जनाए । आम्दानी र बचतसँगै सदस्यलाई आकास्मिक कोषमा जोड्न सके यसले वित्तीय स्वतन्त्रता दिने उनको भनाई छ । वित्तीय स्वतन्त्रतामा पुर्याउन सबै सहकारीले काम गर्नु पर्नेम उनको जोड थियो ।

-फाइल तस्विर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*