नेप्सेमा नबिल बैंकको ३० लाख इकाई डिबेन्चर सूचीकृत
१६ फाल्गुन २०८०, बुधबार १३:०६
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार नबिले बैंकको ३० लाख इकाई डिबेन्चर सूचीकृत भएको छ ।
नबिल बैंकले मंसिर ३० गतेदेखि पुस ३ गतेसम्म तीन अर्ब रुपैयाँ बराबरको ‘९% नबिल डिबेन्चर २०८७’ ऋणपत्र बिक्री खुला गरेको थियो । यस दिन नेप्सेमा सोही ऋणपत्र सूचीकरण गरिएको हो ।
नेप्सेले यसलाई कारोबारका लागि ‘नबिलडी८७’ संकेत प्रदान गरेको छ ।
nabil debenture