प्रिमियम मुल्यको आइपिओमा छानविन भईरहेको छः अख्तियार प्रमुख राई

१५ फाल्गुन २०८०, मंगलवार १४:४६

काठमाडौं । प्रिमियम मूल्यको आइपीओमा छानविन भईरहेको भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले बताएका छन् ।

आज लेखासमितिको छलफलमा अख्तियार प्रमुख प्रेम राईले अख्तियार र अर्थमन्त्राय दुबैबाट छानविन भईरहेको जानकारी दिएका हुन् । उनले अर्थमा प्रतिवेदन मगाईसकेको यस बिषयमा छानविन पनि तिव्र रुपमा अघि बढाईएको बताएका छन् ।

राईले आयोगमा १८ वटा सुझाव रहेको र वाईडबडी विमानका विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । उनले त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सूचना माग गरिएको उनको भनाइ छ । सरकारसँग उनले चाडोभन्दा चाडो सम्बन्धित देशसँग बाईल्याटरल एग्रिमेन्ट गराउन माग गरे । त्यो भएको खण्डमा मात्रै सूचना पाउन सकिने उनको भनाइ छ ।

राईले अहिले नेपालमा भन्दा पनि विदेशमा बसेर सेटिङ मिलाएर भ्रष्टाचार हुने गरेको बताए । सेक्युरिटी प्रिन्टिङका विषषयमा अनुसन्धान जारी रहेको भन्दै उनले चमेलिया आयोजना २०६७ सालमा समस्यामा परेपछि छानबिनका लागि पत्र गएको जानकारी गराए । त्यसका बारेमा अध्ययन जारी रहेको उनको भनाइ छ ।

प्रमुख राईले चिनीको मूल्य कार्यान्वयन नगरेको विषय पनि अनुसन्धान भइरहेको र चाँडै टुंगोमा पुग्ने बताए ।यसमा सरकारले नीतिगत भ्रष्टाचार गर्यो भनेर २०७५ मा आयोगमा निवेदन परेको थियो ।

त्यस्तै सामुदायिक वनका विषयमा चारवटा निवेदन परेको र अहिले आधा काम सकिएको उनले बताए । धेरै उपभोक्त समिति भएर काम गर्न समय लागेको उनको भनाइ छ ।कर्मचारीको सम्पत्तिका विषयमा चार जनाविरुद्ध अख्तियार अदालत पुगेको उनले जानकारी दिए ।

सार्वजनिक जग्गा र प्रविधिको प्रयोगबाट हुने गरेको आर्थिक अनियमितताका बारेमा धेरै उजुरी आयोगमा परेको उनले बताए ।अख्तियारले दिएको २२ बुँदे सुझावका कारण कर्मचारीले फाइल अघि बढाउन छोडेको गुनासो आयोगमा आउन थालेको भन्दै उनले आफूहरुले दिएको सुझाव कार्यान्वयन भए नेपालमा भ्रष्टाचार घट्ने दाबी गरे ।

छिटो छिटो कर्मचारी सुरुवा हुँदा काम गर्न समस्या भएको उनले बताए । ‘छिटो छिटो कर्मचारी सरुवा हुँदा खोजेको कागजात नपाउने, कर्मचारीमा अपनत्व नहुने गरेको समस्या रहेको छ । निजामति सेवा ऐन संशोधन गर्नुपरेर अघि बढ्दा सहज हुन्छ’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*