यी आठ कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

१४ फाल्गुन २०८०, सोमबार २१:३६

काठमाडौं । हालसम्म आठ वटाले हालसम्म लाभांश प्रयोजनार्थ बुक क्लोज मिति तोकेका छैनन् । यसर्थ, लगानीकर्ताले यी कम्पनीहरुको सेयर खरिद गर्दा अझै लाभांश हात पार्न सक्छन् । त्यो त बुक क्लोज मिति तोके पनि बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले लाभांश पाउन सकिन्छ ।

लाभांश घोषणा गरेर बुक क्लोज मिति तोक्न बाँकी कम्पनीहरुमध्ये सबैभन्दा धेरै सन् नेपाल लाइफले २५।०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसले २३।८० प्रतिशत बोनस सेयर १।२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसन्सले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, माउन्टेन इनर्जीले पनि सेयरधनीलाई १५ प्रतिशत बोनस दिने जनाएको छ । यी दुवै कम्पनीले कर प्रयोजनार्थ नगद पनि दिने भएका छन् । नेसनल लघुवित्तले ७।५ प्रतिशत बोनस सेयर र ७।५ प्रतिशत नगद घोषणा गरेको छ । सूर्योदय वोमीले १४।०७७ प्रतिशत बोनस घोषणा गरेको छ । यता, समता घरेलु र ग्रीन डेभलपमेन्ट बैंकले भने अघिल्लो वर्षको नाफाबाट घोषणा गरेको लाभांश अहिलेसम्म पारित गर्न साधारण सभा बोलाएका छैनन् । त्यसैले यी कम्पनीहरुको सेयर खरिद गर्ने लगानीकर्ताले यिनीहरुले घोषणा गरेको लाभांश हात पार्न सक्छन् ।नेप्सेमा सूचीकृत अधिकांश कम्पनीले यस वर्षको लाभांश प्रस्ताव गरिसकेका छन् ।

लाभांश वितरण नगर्नेले पनि उक्त जानकारी गराइसकेका छन् । अब निकै कम्पनीले मात्र लाभांश प्रस्ताव तथा बुक क्लोज गर्न बाँकी रहेको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*