अकामा होटेलले ५० रुपैयाँमा आईपीओ निष्काशन गर्ने

१४ फाल्गुन २०८०, सोमबार १८:५६

काठमाडौं । अकामा होटेल लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ। ।

विशेष साधारणसभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुंजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने, संचालक तथा सो अन्तर्गत गठित समिति सदस्यहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै हाल कायम रहेको अंकित मूल्य रु १०० को शेयर पुंजीलाई रु ५० मा विभाजन गर्ने प्रस्ताव पनि पारित भएको छ । साथै सर्वसाधारणलाई प्रति कित्ता ५० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।

यस कम्पनीले काठमाडौंको धुम्बाराहीमा ५ तारे डिलक्स होटेलको रुपमा अकामा होटेल संचालन गरिरहेको छ । यो होटेल सानिमा समुहले निर्माण गरेको हो । होटेलमा एनआरएनहरुको पनि लगानी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*