कविको नजरमा के हो ‘जीवन बीमा’ ?
१४ फाल्गुन २०८०, सोमबार १७:२९
जीवन बीमा,
एकपटक सोचौँ हजुर गर्नुपर्छ बीमा,
बच्चा, युवा, बृद्ध भन्ने छैन यस्को सीमा ।
असहजतालाई सहज पार्ने रैछ यस्को काम,
सुरक्षा र बचत हुन्छ फिर्ता आउछ दाम ।।
थेरै जम्मा गर्दै जाँदा हुन्छ पछि बढी,
घाँटी हेरी हाड निलौ हुन्न धूरी चढी ।
आज बचत गर्न सके हुन्छ फलिफाप,
बु्ढेसकालमा जीवन बीमा हुन्छ हाम्रो साथ ।।
ऋण माग्दा ऋण दिन्छ नचाहेमा फिर्ता,
जीवन बीमा गर्न सके किन चाहियो विर्ता ।
ओल्लोघर पल्लोघर सबलाई शिक्षित पारौँ,
जीवन बीमा विरुवा सम्झी घरघरमा सारौँ ।।
बचत गर्न सकेदेखि बोनस पनि पाइन्छ,
आखिरमा कुनै पल साहारा त चाहिन्छ ।
यस्तो पुण्य काम गर्न ढिला किन गर्ने ?
जीवन बीमा गर्नेहरुको धन कसले हर्ने ।।
-कुलप्रसाद न्यौपाने
अभिकर्ता
रिलायवल नेपाल लाइफ इन्सोरेन्स कम्पनी
जोरपाटी शाखा, काठमाडौं