नेप्सेमा सरकारको चारओटा विकास ऋणपत्र सूचीकृत
१४ फाल्गुन २०८०, सोमबार १६:१०
काठमाडौं । नेपाल स्टक एक्चसेञ्ज(नेप्से)मा नेपाल सरकारको चारवटा विकास ऋणपत्र सूचीकृत भएको छ ।
नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएका विकास ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियावली, २०७५ को विनियम ८ अनुसार फागुण ११ गतेको निर्णय अनुसार नेप्सेमा सूचीकरण गराएको हो ।