६ दिनको ओरालो यात्रामा ब्रेक, बजार दोहोरो अकंले बढ्यो, कारोबार भने २ अर्ब मुनि

१४ फाल्गुन २०८०, सोमबार १५:०४

काठमाडौँ । ६ दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । निरन्तर ओरालो लागेको बजार आज भने सुधार आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.२८ अकंले बढेर १९९२.३० बिन्दुमा बन्द भएको छ । सोमबार २१४ कम्पनीको ५८ लाख ५८ हजार ६६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९६७ करोड ४४ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।

बजारमा सुधार आएसँगै १० उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.२० प्रतिशत, विकास बैंक समूहको ०.५४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४५ प्रतिशतले सेयर मूल्य बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*