युवा स्वदेशमै रोक्न के छ सरकारको योजना ?
१४ फाल्गुन २०८०, सोमबार १४:३५
काठमाडौँ । अर्थमन्त्री प्रकाश सरण महतले आगामी बजेट युवा लक्षित उद्यमशीलता विकास र आन्तरिक रोजगारी सिर्जना गर्दै युवाहरू कामका लागि विदेशिनु पर्ने परिस्थितिलाई कम गर्ने आउने बताएका छन् । सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
युवाहरूलाई व्यवसायिक सीप एवम् प्राविधिक शिक्षा प्रदान गरी सीपयुक्त बनाइने बताए । खेलकुद प्रतियोगिता सञ्चालन र खेलाडीको क्षमता विकासमा जोड उनले भनाइ रहेको छ । उनले भने, ‘सार्वजनिक र निजी क्षेत्रमा युवा जनशक्तिको क्षमता उपयोग गर्न इन्टर्नसिप कार्यक्रम सञ्चालन गरिनेछ।’