राजस्व परिचालनलाई प्रभावकारी बनाउँछौंः अर्थमन्त्री

१४ फाल्गुन २०८०, सोमबार १४:२७

काठमाडौँ । सरकारको खर्च व्यहोर्ने प्रमुख स्रोतको रुपमा रहेको राजस्व परिचालनलाई प्रभावकारी बनाउने भएको छ । सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

उनले भने, ‘व्यवसाय र लगानीमैत्री कर नीति लिइनेछ । कर प्रणाली पुनरावलोकन गर्न गठित समितिको सुझाव समेतका आधारमा कर प्रणालीमा सुधारका कार्य अघि बढाइनेछ।’

राजस्व प्रशासनमा आधुनिक प्रविधिको अधिकतम उपयोग गरी राजस्व प्रशासनको व्यवसायिकता अभिवृद्धि र करदाताको व्यवसायिक लागत घटाउने गरी कर प्रणाली सुधारका कार्य अघि बढाउने अर्थमन्त्री महतले बताए । करको दायरामा नआएका नयाँ व्यवसायिक क्षेत्र लक्षित गरी बजार अनुगमन र कर परीक्षण प्रभावकारी बनाइने उनको भनाइ रहेको थियो । कर चुहावट नियन्त्रणमा संस्थागत समन्वय सुदृढ बनाइने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*