मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढिरहेको छः अर्थमन्त्री
१४ फाल्गुन २०८०, सोमबार १४:२४
अर्थमन्त्री डा। प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१र०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको, प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पूँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवं वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढ्न सफल भएको दाबी गरे ।