नेसनल हाइड्रोपावरको पुनः बार्षिक साधारण सभा आव्हान
१४ फाल्गुन २०८०, सोमबार ११:१७
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले पुनः बार्षिक साधारण सभा बोलाएको छ । यसअघि बोलाएको सभामा गणपूरक संख्या नपुगेपछि पुन फागुन ३० गतेका लागि सभा बोलाएको हो ।
कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते बोलाइएको सभामा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटारमा बिहान ११ बजेदेखि सुरु हुने छ ।
सभामा कम्पनीको गत आर्थिक वर्ष को नाफा नोक्सान सम्बन्धी छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।