युनाईटेड मोदीको कम्पनी सचिवमा नारायण प्रसाद आचार्य नियुक्त
१४ फाल्गुन २०८०, सोमबार १०:५५
काठमाडौँ । युनाईटेड मोदी हाइड्रोपावरले कम्पनी सचिवमा नारायण प्रसाद आचार्यलाई नियुक्त गरेको छ ।
कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले कम्पनी ऐन, २०६३ को दफा १८५ बमोजिम कम्पनी सचिव नियुक्त गरेको हो । आचार्यलाई फागुन १३ गतेदेखि नै लागु हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।
1708922548351