शतप्रतिशत हकप्रद निष्काशनको प्रस्ताव राखेर युनाईटेड मोदीले डाक्यो साधारण सभा

१४ फाल्गुन २०८०, सोमबार १२:३१

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चैत्र २९ गते बिहीबार कालीमाटी ब्याङ्केट, कालीमाटीमा बिहान ११ बजेदेखि सभा बोलाएको हो ।

कम्पनीको सभाले हाल कायम चुक्ता पूँजी एक अर्ब २३ करोड ५ लाख रुपैयाँ बराबरको एक करोड २३ लाख ५ हजार कित्ता शेयर १ः१ अनुपात (१००%) मा हकप्रद शेयर जारी गर्ने निर्णय पारित गर्नेछ । यसका लागि विद्युत नियमन आयोगले गत माघ २२ गते स्वीकृति प्रदान गरेको थियो ।

सभाले हकप्रद जारी गर्न आवश्यक प्रक्रिया पुर्याउन तथा जारी गरे पश्चात् चुक्ता पूँजी बढ्ने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिनेछ ।

त्यस्तै, सभाले वार्षिक प्रतिवेदनसहित गत आवको वासलात, नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । चालु आवका लागि लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक तोक्ने, संचालक समितिमा चार जना संचालकको निर्वाचन गर्ने र लगानीयोग्य क्षेत्रमा लगानी गर्न संचालक समितिलाई अख्तियारी दिनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार चैत्र ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा उपस्थित हुन योग्य हुनेछन् ।

united modi

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*