कोशी प्रदेशको वन रक्षकमा २२१ जना कर्मचारी माग
१४ फाल्गुन २०८०, सोमबार ०८:३६
काठमाडौं । प्रदेश लोक सेवा आयोग कार्यालय, कोशी प्रदेश, विराटनगरले वन रक्षक पदमा २२१ जना कर्मचारीको माग गरेको छ । आयोगले खुला समावेशी तथा प्रतियोगितात्मक परीक्षाबाट पुदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
आयोगले १२८ जना खुला, ३४ जना आदिवासी जनजाती, ३३ जना महिला, ६ जना दलित, ६ जना थारु, ५ जना मधेशी, ५ जना मुस्लिम र ४ जना अपाङ्गबाट दरखास्त माग गरेको छ ।
तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित चैत्र ४ गतेसम्म र दोब्बर दस्तुर तिरी चैत्र ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।