साविक ज्योति लाइफको ‘लक इन’ अवधि चैत्र २० गते सकिँदै
काठमाडौं । साविक ज्योति लाइफको संस्थापक शेयरधनी तथा कर्मचारीहरुको स्वामित्वमा रहेको एक करोड ४२ लाख ६६ हजार ३२३.५० कित्ता शेयर (मर्जर पश्चात् कायम) को ‘लक इन’ अवधि चैत्र २० गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
साविकको ज्योति लाइफ इन्स्योरेन्स साविकको सूर्या लाइफ इन्स्योरेन्समा गाभिएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत वर्षको पुस ७ गतेदेखि एकीकृत कारोबार थालेको हो ।
साविकको ज्योति लाइफको संस्थापक समूहको एक करोड एक लाख ७५ हजार ९७९ कित्ता, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको दुई लाख ९९ हजार २९३.५० कित्ता शेयरको ‘लक इन’ अवधि सकिने भएको हो ।
साथै, कम्पनीका संचालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिव, उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरु, लेखा सम्बन्धी प्रत्यक्ष संलग्न कर्मचारीको हकमा नियमानुसार शेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।