नेपाल धितोपत्र बोर्डको अध्यक्षको दरखास्त आव्हान गर्ने अन्तिम तयारीमा सरकार
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको दरखास्त आव्हान गर्ने अन्तिम तयारीमा सरकार जुटेको छ ।
मन्त्री परिषद्ले माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेठको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर र प्राध्यापक उदय निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । गठन भएको करिब डेढ महिनापछि बल्ल समितिले दरखास्त आव्हान गर्ने तयारी गरेको हो ।
रमेश हमालको कार्यकाल सकिएपछि करिब डेढ महिनादेखि धितोपत्र बोर्ड अध्यक्षविहिन बनेको छ । त्यसले गर्दा बोर्डले गर्नु पर्ने कतिपय नीतिगत कामहरु हुन सकेका छैनन् ।
छनौट समितिमा रहेका तीन जनाले समितिलाई समय नदिएकोले छनौट प्रकृया ढिलाई भएको हो । करिब डेढ महिनाको अवधिमा २ वटा बैठक बसे पनि समितिले प्रकृया नै शुरु गर्न सकेको थिएन । त्यसबारेमा अर्थमन्त्री डा।प्रकाशशरण महत स्वंयले ताकेता गरेपछि बल्ल समितिले सिफारिसको लागि सरोकारवालाहरुलाई आव्हान गर्दै सार्वजनिक सूचना जारी गर्न लागेको हो । स्रोतका अनुसार यही सुक्रबारभित्र संचारमाध्ययमा त्यससम्वन्धि सूचना प्रकाशित हुनेछ ।