पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वमा समिति

१३ फाल्गुन २०८०, आईतवार १६:४४

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्री स्तररिय निर्णय गर्दै पशुपति क्षेत्र विकासकोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो ।

मन्त्रालयले आइतावार ५ सदसिय समितिको सदस्यहरुमा पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकासकोषका कानुनि सल्लहकार हरिनाथ ढकाल,मन्त्रालयको उप सचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकासकोषका सदस्य सचिव राजु केसी रहेकाछन् । गुठि र क्षेत्र विकासकोषका नाममा लिच्छवि कालबाटै विभिन्न दाताहरुले दान गरेको जग्गा पछिल्ला समय व्यत्तिले हडप्ने क्रम बढेसंगै खोजीका लागि समिति बनाइएको हो ।

काठमाडौँ उपत्यकामा रहेको जग्गा व्यवस्थापनका लागि क्षेत्रविकास कोषले काम अगाडी बढाई सकेको छ । अवैधरुपमा बनेको संरचना भत्काउन थालिनै सकिएको छ । पशुपतिनाथको नाममा देशभरनै जग्गाहरु रहेकाछन् यसलाई व्यवस्थित गर्न उच्च स्थरिय समिति गठन गरिएको मन्त्री सुदन किरातीले बताएकाछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*