बीमा सर्भेयरहरुको केवाईसी अपडेट गर्न प्राधिकरणको अनुरोध

१३ फाल्गुन २०८०, आईतवार १५:४८

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुको केवाईसी अपडेट गर्न भनेको छ । प्राधिकरणले एक सूचना जारि गर्दै ब्यक्तिगत बीमा सर्भेयरको इजाजतपत्र लिई सक्रिय रहेकालाई केवाईसी अपडेट गर्ने भनेको हो ।

सक्रिय रहेका बीमा सर्भेयरहरुलाई सूचना प्रकाशित भएको मिति (फागुन १३ गते) ले ३० दिन भित्र प्राधिकरणको बेवसाईट Nia.gov.np भित्र E-Services मा गई  Surveyor को केवाईसी अपडेट लिङ्क खोलि आफ्नो विवरणहरु तथा आवश्यक कागजात अद्यावधिक गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*