सन नेपाल लाइफमा लगानीकर्ताको आकर्षण, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
१३ फाल्गुन २०८०, आईतवार १५:०७
काठमाडौँ । आइतबार समेत बजार दोहोरो अकंले घटेको छ । बजार निरन्तर ६ दिन ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् ।
सन नेपाल लाइफले २३.८० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । साथै, बोनस शेयर पश्चात १ः०.२७ प्रतिशत अर्थात १००ः२७ रेसियोमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । सोहि कारण कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका हुन् । सन नेपाल लाइफको आज २५ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, जोशि हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, गोर्खास फाइनान्स, न्यादी ग्रुपको सर्वाधिक कारोबार भएको छ ।