नेरुडे लघुवित्तको अध्यक्षमा डा.भेष प्रसाद धमला नियुक्त
१३ फाल्गुन २०८०, आईतवार १०:४८
काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्षमा डा.भेष प्रसाद धमलालाई नियुक्त गरेको छ ।
कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले धमलालाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनीको सत्रौं वार्षिक साधारण सभाले उनलाई संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक चयन गरेको थियो ।