हिमालयन लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १००% सम्म छुट पाइने

१३ फाल्गुन २०८०, आईतवार ०८:५७

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत सम्म छुट दिने भएको छ ।

साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट बीमा गराई व्यतित भएका बीमालेख आज (फागुुन १३ गते) देखि २७ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने निर्णय कम्पनीले गरेको हो ।

तीन वर्षसम्म व्यतित बीमालेखमा १०० प्रतिशत, तीन वर्ष माथिदेखि पाँच वर्षसम्म ५० प्रतिशत, पाँच वर्षदेखि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखि जति सुकै अवधिको व्यतित बीमालेखमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले बताएको छ ।

साथै, यस प्रकारको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र पाइने कम्पनीले स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*