निर्धन लघुवित्तका सीइओ र अन्य पदाधिकारीहरुले कति बुझे तलब भत्ता ?

१२ फाल्गुन २०८०, शनिबार ०८:०४

काठमाडौँ । निर्धन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीइओ) साढे ४२ लाख रुपैयाँ तलब तथा भत्ता बापत बुझेका छन् । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।८० को आठौं वार्षिक प्रतिवेदन अनुसार सीइओले तलब तथा भत्ता बापत ४२ लाख ७७ हजार २११ रुपैयाँ बुझेका हुन् ।

उनले तलब बापत २० लाख ८८ हजार रुपैयाँ, भत्ता १९ लाख ८०० रुपैयाँ, बिदा बापतको भुक्तानी १ लाख ७४ हजार रुपैयाँ र बीमा खर्च १ लाख ७४ हजार रुपैयाँ बुझेका हुन् । साथै, सीइओलाई सञ्चयकोष र बोनस ऐन अनुसारको बोनस, सवारी साधन, इन्धन, मोबाइल, इन्टरनेट र पत्रपत्रिका खर्च सुविधा पाउछन् ।

यस्तै, ब्यवस्थापनका अन्य पदाधिकारीहरुले तलब भत्ता बापत ९ करोड ६३ लाख २९ हजार ४२३ रुपैयाँ बुझेका छन् । पदाधिकारीहरुले तलब ४ करोड ७२ लाख ९२ हजार ६१६ रुपैयाँ, भत्ता ३ करोड ९७ लाख ५३ हजार ७६२ रुपैयाँ, बिदा बापतको भुक्तानी ५४ लाख २५ हजार २९५ रुपैयाँ र बीमा खर्च ३८ लाख ५७ हजार ७५० रुपैयाँ बुझेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*