लुगामा लेप लगाएर दुबईबाट २ किलो बढी सुन ल्याउने भारतीय युवा विमानस्थलबाट पक्राउ
११ फाल्गुन २०८०, शुक्रबार १६:४७
काठमाडौं । लुगामा सुनको लेप लगाएर तस्करी गर्ने एक भारतीय युवक त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । अवैध रुपमा सुन ल्याएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
विमानस्थल प्रहरीले सुराकीको आधारमा दुबईबाटनेपाल आएका ३५ वर्षीय भारतीय युवक मोहम्मद जिसाहलाई निन्त्रणमा लिई चेकजाँच गर्दा शरीरमा लगाएको लुगामा सुनको लेप लगाएको भेटिएको हो ।
निलो रङको जिन्स पाइन्ट, कालो रङको गन्जी र खरानी रङको भित्री वस्त्रमा समेत सुनको लेपन भेटिएको बताइएको छ । प्रहरीले उनको साथबाट २ किलो २१० ग्राम सुन बरामद गरेको छ ।
उनलाई अनुसन्धानका लागि भन्सार कार्यालयको जिम्ममा लगाइएको विमानस्थल प्रहरीले जनाएको छ ।