गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न

११ फाल्गुन २०८०, शुक्रबार १५:४२

काठमाडौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सभाले सर्वसाधारणमा शेयर जारी गर्ने ९आइपिओ० प्रस्ताव पारित गरेको छ । साथै सर्वसाधारणमा शेयर जारी गर्न आवश्यक पर्ने सम्पुर्ण कार्य गर्ने अख्त्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको हो ।

यस्तै, आ।व। २०७९र०८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वित्तीय विवरण अनुमोदन गरेको छ ।

यस्तै, सभाले आगामी चार वर्षे कार्यकालको लागि संस्थापक शेयधनीहरुको तर्फबाट उदिप श्रेष्ठ, डा।जय प्रकाश जयसवाल, उदय नारायण भट्टराई, सि।ए। त्रिशिला झुनझुनवाला र स्वतन्त्र विज्ञ संचालकमा प्रमोद प्रसाद भट्टराईलाई नियुक्त गरेको छ ।

गार्डियन माइक्रो लाइफ नेपाल बीमा प्राधिकरणबाट जीवन लघुबीमा व्यवसाय गर्न इजजातप्राप्त कम्पनी हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*