यस्तो छ कुमारी बैंकको २३औं वार्षिक साधारण सभाको ‘माइन्यूट’
११ फाल्गुन २०८०, शुक्रबार ११:१४
काठमाडौं । कुमारी बैंक लिमिटेडले २३औं वार्षिक साधारण सभा माघ २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौँमा सम्पन्न गरेको छ ।
सभाले गत वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गरेको छ त्यस्तै, सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्युरिटिजको गत वर्षको वित्तीय विवरण पारित गर्ने तथा चालु आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्ने एजेण्डा समेत पारित गरेको हो ।
त्यसैगरी सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना सञ्चालक समेत चयन गरेको हो ।
1708593411684