सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त
११ फाल्गुन २०८०, शुक्रबार ११:०८
काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा महेश कुमार पोखरेललाई नियुक्त गरेको छ ।
कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा पोखरेललाई नियुक्त गरेको हो । उनको आगमनले कम्पनीको सेवालाई थप गुणस्तर र सबल बनाउने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीको अध्यक्ष प्रदीप अधिकारीले राजीनामा दिएपश्चात पोखरेललाई उक्त जिम्मेवारी दिएको हो ।