साविकको ज्योति लाइफले नाफा जगेडा कोषमा राख्ने
११ फाल्गुन २०८०, शुक्रबार १०:१०
सूर्यज्योति लाइफले साविकको ज्योति लाइफको नाफा रिजर्भ कोषमा राख्ने निर्णय गरेको छ । साविकको ज्योति लाइफ र सूर्या लाइफले २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफको नाममा एकीकृत कारोबार सुरु भइसकेको छ ।
तसर्थ, सूर्यज्योति लाइफको बिहीबार बसेको सञ्ञचालक समिति बैठकले साविकको ज्योति लाइफले २०७९ साउन १ गतेदेखि पुस ६ गतेसम्म कमाएको नाफा जगेडा कोषमा राख्ने निर्णय गरेको हो । साथै, ज्योति लाइफको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बिमा कोषलगायत सम्पूर्ण सम्पति तथा दायित्व सूर्यज्योति लाइफा समायोजन गर्ने पनि निर्णय भएको कम्पनीले जानकारी गराएको छ ।