निर्धन उत्थान लघुवित्तको साधारण सभा आज बस्दै, के–के छन् एजेण्डा?
११ फाल्गुन २०८०, शुक्रबार ०८:३३
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकोे २५ औं वार्षिक साधरण सभा आज (फागुन ११ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हु्नेछ ।
कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव राखेको छैन् । सभाले गत आर्थिक वर्षको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको नाफा, नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी सभाले चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र संस्थाको सञ्चालक समितिका सदस्यहरुको मनोनयन अनुमोदन गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले माघ २९ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । जसअनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा उपस्थित हुन सक्नेछन् ।