सामुदायिक र बीपीडब्लु लघुवित्तको एकीकृत कारोबारको मिति तय

१० फाल्गुन २०८०, बिहीबार १९:३७

काठमाडौं । सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्ज भएर फागुन २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

यस्तै, धितोपत्र बोर्डले पनि फागुन ९ गते. बोर्डले मर्जरका लागि स्वीकृति दिएको हो । दुवै एक भएपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनी १ः०।८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ ।

सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरको लागि कात्तिक २ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो । यसअघि असोज ३० गते सम्पन्न दुवै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए । यता फागुन २४ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै कम्पनीको फागुन २३ गते सबै सेवाहरु अवरुद्ध हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*